Connect IPS
IME Life

लाभकरको विवाद टुङ्गिए पछि शेयर बजार लयमा, ५३ अंकले बढ्दा होटलको सूचक सर्वाधिक उचाइमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले पूँजीगत लाभकरको विवाद टुङ्ग्याए सँगै दोस्रो बजार पुरानै लयमा फर्किएको छ । बजेट आउनु भन्दा अगाडी लगातार बढिरहेको शेयर बजार बजेट भाषण पश्चात ११० अंकले घट्यो । आगामी आर्थिक वर्षको बजेट वक्तव्यले लगानीकर्ताहरुलाई सबैभन्दा धेरै त्रसिद बनायो ।

व्यवसायिक लगानीकर्ता र पटके लगानीकर्ताको नाममा कर निर्धारणको विषयले एक सातासम्म चर्चा पायो । यसलाई लिएर आन्तरिक राजश्व विभागले दुई दुई पटक सार्वजनिक सूचना जारी गर्नु पर्यो । तर लगानीकर्ताहरुले विभागको सूचनालाई विश्वास गरेनन् । उनिहरुले धर्ना र विरोधका कार्यक्रम चर्काए पछि आजे अर्थमन्त्री डा. रामशरण महतले लगानीकर्ताहरुलाई भेटेर उनिहरुका माग सुनुवाइ गर्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Prabhu
Crest

अर्थमन्त्री महतलाई पूँजीगत लाभकरका विषयमा सरकारकै पदाधिकारीहरुले गलत ब्रिफिङ गर्दा झुक्किए । डा. महत बजेट भाषणको भोलिपल्टको कार्यक्रममा सानका साथ शेयर बजारका लगानीकर्ताहरुलाई कर छुट दिएको बताइरहेका थिए । तर उनले ऐनमै नभएको व्यवस्थालाई लिएर राजश्व विभागका कर्मचारीले दिएको गलत ब्रिफिङको अत्तोपत्तो पाएनन् ।

आम लगानीकर्ताको चर्को विरोध पछि उनले अन्न्त आफुलाई भएको गलत ब्रिफङको विषयमा जानकार भए र आर्थिक विधेयकमा भएको व्यवस्था हटाउन सहमत पनि भए । यस बाहेक शेयर बजारलाई सबैभन्दा ठुलो असर पार्ने तत्व बाँकी नै छ । आर्थिक विधेयकले प्रिमियममा एफपिओ निष्काशन गरेका कम्पनी, मर्जरका क्रममा स्वाप रेसियो अनुसार आर्जन भएको प्रिमियमलाई पनि आम्दानी मानेर २५ देखि ३० प्रतिशत कर लाग्ने विषयले पनि बजारलाई असर पारिरहेको छ । सरकारको यस्तो व्यवस्थाले कयौ बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आगामी आर्थिक वर्षमा लाभांश दिन समेत सक्दैनन् ।

करको विषयमा रहेको विवाद टुङ्गिए सँगै आइतबार नेप्से सूचक ५३.०३ अंकले बढ्यो । कारोबार सुरु हुने वित्तीकै लगानीकर्ताहरुले ब्रोकरहरुको कार्यालय बन्द गर्नुका साथै कारोबार नगर्न आह्वान गरेका थिए । यसले गर्दा कारोबारको सुरुवाति अवस्थामा बजार घटबढ भएन ।

आज बजार सुधार हुने क्रममा नेप्से सूचक १९१९.३७ अंक कायम भयो । कारोबार रकम एक अर्ब ६५ करोड रुपैयाँ नाघ्यो । २१७ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदाजम्मा तीन वटा कम्पनीको शेयर मूल्य भने घट्यो ।

आइजिआइ प्रुडेन्सियल र सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । होटलको सूचक सर्वाधिक धेरै ७.३७ प्रतिशतले बढ्यो । बीमा तथा जलविद्युतको सूचकमा पनि उल्लेख्य सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS