Connect IPS
IME Life

पूँजीगत लाभकरको अन्योलता हटे सँगै शेयर बजारमा उछाल, ४० अंक भन्दा धेरैले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजेट आउनु भन्दा अगाडीदेखिनै घट्न सुरु गरेको शेयर बजार यस अवधिमा ११० अंक भन्दा धेरैले घट्यो । बजेट सार्वजनिक भए सँगै सरकारले तयार पारेको आर्थिक विधेयकको दफा २९ मा पूँजीगत लाभकरका विषयले लगानीकर्तालाई अन्योलता पैदा गर्यो ।

आर्थिक विधेयकको दफा २९ मा सरकारले प्राधिकृत व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गर्न निर्देशन दिएको थियो । यहि विषयलाई लिएर लगानीकर्ताले आन्तरिक राजश्व विभागमा पनि छलफल गरेका थिए ।

Prabhu
Crest

विभागले लगानीकर्ताहरुलाई पूँजीगत लाभकरको विषयमा रहेको पुर्ववतकै व्यवस्थाले निरन्तरता पाएको भन्दै स्पष्टिकरण दिएको थियो । तर विधेयकमा भएको व्यवस्थाले लगानीकर्ताहरुलाई ठुलो मारमा पार्ने भन्दै उक्त दफा नै हटाउने माग गर्दै आन्दोलन सुरु गरेका थिए ।

यहि विषयमा आन्दोलन गर्ने क्रममा लगानीकर्ताहरुले आजै सम्पुर्ण ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी गरेर अर्थमन्त्री महत सँग छलफल गर्न मन्त्रालय पुगेका लगानीकर्ताहरुले सहमति जुटाएका हुन् ।

आइतबार लगानीकर्ताहरुले आम लगानीकर्ताहरुलाई छलफल सकारात्मक भयो कारोबार खुला गर्न आह्वान गर्ने वित्तीकै दोस्रो बजारमा कारोबार सुरु भएको हो । कारोबार खुल्ने वित्तीकै नेप्से सूचक ५२ अंक भन्दा धेरैले सुधार भएको थियो । अहिले दोस्रो बजारमा तिव्र उतारचढाव भइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS