Connect IPS
IME Life

विदेशबाट फर्किदा महिलाले ५० ग्राम सुन ल्याउन पाउने, अरु केके छन् व्यवस्था ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विदेशबाट नेपाल फर्किदा यात्रुले आफ्नो साथमा ल्याउन पाउने सामानहरुबारे भन्सार विभागले नयाँ व्यवस्था लागू गर्ने भएको छ । जसमध्ये महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा भने २५ ग्राम सुन ल्याउँदा भन्सार तिर्न नपर्ने व्यवस्था रहेको छ । यस बाहेक २ सय ग्रामसम्मको गहना भन्सार महसुल तिरेर ल्याउन पाउने व्यवस्था रहेको छ । तर गहनाको आकार दिएर बनाएको बेरुवा औठी, बाला, सिक्रि जस्ता रसायन प्रयोग नगरेका सुनलाई भने गहनाको मान्यता नदिने उल्लेख गरिएको छ ।

यसैगरी विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउनेछन् । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । यसबाहेक अन्य अवस्थामा जुनसुकै टेलिभिजनमा नियमानुसारको महसुल भन्सार तिर्नुपर्ने हुन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS