काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको आज बुधबार बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
अन्य जलविद्युत आयोजनामा लगानि गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । विद्युत नियमन आयोगले पुर्व स्वीकृति दिएपछि, कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद विक्री गर्नेछ ।