काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि ऊर्जा क्षेत्रको विकासका लागि सिंचाई, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
उनले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पु¥याउने बताए । उनले राष्ट्रिय प्रशारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको बिस्तार गरिने बताए । उनले एक वर्षभित्र नौ सय मेघावाट विद्युत राष्ट्यि प्रशारणमा थप गरिने बताए ।