काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै यस्तो बताएका हुन् । ९८ प्रकारका औषधि, खोप लगायतका आधारभुत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको बताए । उनले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने समेत उनले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/Screenshot_8-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)