काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले १५ औँ वार्षिक साधारण सभा असार ४ गते गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले वार्षिक साधारणसभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजेबाट शुरु हुने जनाएको छ ।
सभाले बैंक तथा वित्तीय संस्थाबाट कम्पनीको चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको अधिकृत पुँजी वृद्धिका लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
त्यस्तै सभाले कम्पनीमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २५ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा जेठ २४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।