Connect IPS
IME Life

जेठ १५ भित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयलाई महानगरको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

अघिल्लो शैक्षिक सत्रमा निजी विद्यालयले जम्मा विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थीलाई मात्र छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही आधारमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ९३० बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न महानगरले अनुरोध गरेको हो ।

Prabhu
Crest

विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण वेवसाइट मार्फत प्रकाशन गर्न महानगरले निर्देशन दिएको हो । छात्रवृत्तिबारे अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सुनुवाइको अवसर समेत प्रदान गर्नुपर्नेछ । तोकिएको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ ।

यसरी वितरण गरेको जानकारी बारे जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउनुपर्नेछ । २०८० का लागि सम्बन्धित निजी विद्यालयबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विवरण पेस गर्न गर्नुपर्ने छ ।
महानगरले यसबारे सरलीकरण गर्न वडाध्यक्ष तथा जनप्रतिनिधिहरूलाई अनुरोध गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS