काठमाडौं । अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि अपनाएका सम्पुर्ण विवरण ५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लागि अनुमति प्रदान गर्न भए गरेका काम कारबाही सम्बन्धमा संघिय संसदहरुले प्रश्न गरे पछि अर्थसमितिले अध्ययनका लागि आवश्यक विवरणहरु माग गरेको हो ।
संसदहरुले अनेक कोणबाट प्रश्न उठाउदै अनुचित तवरले प्रकृयाँ अगाडी बढाएको भन्दै छानविनका लागि माग गरेका थिए । यसरी सबै पक्षबाट विषय उठान भए पछि समितिको जेठ २ गते बसेको बैठकले प्रस्तुत विषय प्रति ध्यानाकर्षण गराएको छ ।
अर्थसमितिले पूँजी बजार सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनको अवस्थालाई समेत अध्ययन गर्ने भएको छ । यसका लागि आवश्यक कागजात र विवरण अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड सँग माग गरिएको छ । अर्थसमितिले २०७७ असार ३० गते पूँजी बजार सम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयनका लागि अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको थियो ।