काठमाडौं । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरि क्रमश आत्मनिरभरता हाँसिल गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाई छ र सरकारको नितिी तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार तीनै तहको सरकारको समन्वयनमा सामुहिक तथा करार खेतीलाई प्रोत्साहन गर्दै उत्पादित वस्तुलाई बजारीकरण गरिने छ । एकिकृत राष्ट्रिय अनुदान सम्बन्धि कानुन एवम कृषि अनुसन्धान निति तर्जुमा गरिने छ । गुणस्तरिय बिउबिजनमा देशलाई क्रमश आत्मनिर्भर बनाइने उनले बताए । रैथाने बाली बिउबिजन, नस्ल र कृषि तथा पशुपन्छी जन्य दैविक विविधता संरक्षणमा स्थानिय तह र समुदायलाई प्रोत्साहन गरिने उनले बताए । रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्दै निजि क्षेज्ञलार्य जातीय अनुसन्धान र विकासमा संलग्न गराई स्वदेशमा नै हाइब्रिड जातको बिउ बिकास गरिने उनको भनाई छ ।
प्राङ्गारिक तथा जैविक मलको उत्पादन र उपयोगलाई प्रोत्साहित गरिने उनको भनाई छ । साथै लगानी पूर्व नै प्रमुख कृषि वस्तुको न्यूनतम समर्थन मूल्य निर्धारण गरिने छ ।