काठमाडौं । सरकारले राष्ट्रिय पूँजी प्रणालीलाई कडाइका साथ व्यवस्थित गरिने नीति लिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय पूँजी प्रणालीलाई कडाइका साथ अगाडी लगिने बताएका छन् ।
सरकारी खर्चहरुमा मितव्ययीता अपनाएर अगाडी बढ्ने बताएका छन् । आर्थिक तथा प्रशासन क्षेत्रलाई थप प्रभावकारी बनाउने नीति लिएको उनले बताएका छन् ।