Connect IPS
IME Life

दक्षिण एसियामा जलवायु परिवर्तनको प्रभावबारे ३ दिने अन्तराष्ट्रिय युवा सम्मेलन आजबाट सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो संकटसग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्धेश्यले आज (जेठ ५ गते) बाट नेपालको राजधानी काठमाडौंमा ३ दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । यो सम्मेलन जेठ ७ गतेसम्म सञ्चालन हुनेछ । विश्वका १४ देशबाट १०० युवाहरुको सहभागिता हुने यो सम्मेलनको मुख्य बिषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशिलता, सबैको लागि भलाई’ रहेको छ । ग्लोबल सेपर्स कम्यूनिटी काठमाडौ र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरुले जलवायु उत्थानशिलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरुको वारेमा छलफल गर्नेछन् ।

यो बर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना हुनेछ । यूवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरुको आवाज समेटेर एउटा पैरबी पत्र अर्थात एडभोकेसी पेपर समेत जारी गरिनेछ । सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्वर अफ कमर्श तथा सीउनआईवाईइएफ जस्ता नीजि क्षेत्रका प्रतिनिधीमुलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिवद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवशायिक तथा नीजि क्षेत्रले जलवायु परिवर्तनमा के कस्तो योगदान गर्न सक्छन भन्ने विषयमा छलफल हुनेछ ।
यो सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्छन्, ‘एक्जियाटा समुहको वृहत रणनीतिक खाका अन्तर्गतको वातावरणिय, समामाजिक तथा सुशासन नीति अनुसार दिर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशिलताका लागि अपासी सहकार्यको विकास गर्नेछ भने व्यवशाय र पृथ्वी दुवैलाई बाच्न सक्ने वातावरणको सिर्जना गर्न योगदना गर्नेछ ।’

Prabhu
Crest

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौ रहेको छ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन(एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआइविल एस क्यापिटल, नेबिल वैक र इसिमोडले सम्मेलनलाई सहयोग गरेकाछन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन् ।
वल्र्ड इकोनोमिक फोरमको संक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका १५२ देशका ५०५ सहरहरुमा केन्द्र (हब) रहेको छन ।

सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरुले वृक्षारोपण अभियान अन्तर्गत तराई क्षेत्र सहित देशका विभिन्न स्थानमा २२ सय वोटविरुवा वृक्षारोपण गरेका छन् । वायुमण्डलमा रहेको कार्बन सोस्न तथा वातावरणीय संरक्षणमा योगदान दिन सहयोग पुग्ने भएकाले वृक्षारोपण गरिएको ग्लोबल सेपर्स काठमाडौका सदस्य केशव सरावगीको धारणा छ । ‘दिगो विकासका लागि प्रकृति संरक्षण अपरिहार्य छ । आगामी पिढीलाई स्वस्थ वातावरण हस्तान्तरण गर्न वृक्षारोपणको अहंम महत्व छ,’ सरावगी भन्छन् ।

सम्मेलनकोमा ग्लोवल सेपर्स काठमाडौले वातावरण संरक्षण र जलवायू परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नविनतम कार्यलाई प्रस्तुत गर्ने तयारी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS