काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनश शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
गत फागुन १५ गतेसम्म कम्पनीको सेयर अभौतिकीकरण गराएका शेयरधनीहरु अर्थात सो मितिमा कायम शेयरधनीहरुको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पनि क्रमशः बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।