काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुनेछ । आज नयाँबानेश्वरमा बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
अपराह्न चार बजे संघीय संसदको बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।