काठमाडौं । आज नेप्शे परिसूचक ३२ दशमलव ३० प्रतिशतले बृद्धि भई १८७७ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य २८१ रुपैयाँ कायम भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार २६ रुपैयाँमा कारोबार भइरहेको छ । साथै शिभ श्री हाइड्रोपावर कम्पनीको शेयर ८.१४ प्रतिशले बृद्धि भई प्रति शेयर मूल्य २१० रुपैयाँ कायम भएको छ ।