काठमाडौं । आज शेयर बजार ३२ दशमलव ३० अंकले बढेर १,८७७ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।