काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी कार्य गर्नका लागि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं मार्फत हुने कम्पनीले जनाएको छ ।