काठमाडौं । ‘आइएमई पे’ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । सो अफर अन्तर्गत ग्राहकले प्रत्येक कारोवारमा १ सयसम्म १० प्रतिशत छुट पाउने छन् । आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो।
अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् । यो अफर जेष्ठ १ देखी असार ३१ सम्म चल्ने छ।