काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्काशन गर्न बोर्डले जेठ २ गते अनुमति दिएको हो ।
कम्पनीको विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि आइपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।