काठमाडौं । आज शेयर परिसूचक २३ दशमलव ३९ प्रतिशतले बृद्धि हुँदा १८४५ दशमलव १ अंकमा कायम भएको छ । आज कुल ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ९३३ रुपैयाँ कायम भएको छ ।
यसैगरी, इस्टर्न हाइड्रोपावरको शेयर ९.७८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३४७ रुपैयाँ कायम भएको छ । आज ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको शेयर ९.७३ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २८३ रुपैयाँ कायम भएको छ ।