Connect IPS
IME Life

बजेट अगाडी शेयर बजारमा सुधार, २३ अंकले बढ्दा ८५ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारी गर्नु अगाडी शेयर बजारमा सुधार देखिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले यहि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्ने छन् ।

बजेटले आर्थिक संकट र मन्दीलाई संबोधन गर्ने अपेक्षा गरिएको छ । यदि अर्थतन्त्रलाई सुधार गर्ने हिसावले बजेट आयो भने शेयर बजारले सुधारको गति लिनेछ । बैंकहरुले आधार व्याजदर पनि घटाइरहेका छन् । बैशाखको तुलनामा जेठ महिनामा बैंक वित्तीय संस्थाले आधार व्याजदर एक प्रतिशत भन्दा धेरैले घटाएका छन् । आगामी दिनमा पनि आधार व्याजदर क्रमश घट्दै जाने अनुमान गरिएको छ । व्याजदर सँगै घट्नुका साथै अर्थतन्त्रका अन्य क्षेत्रहरुमा पनि क्रमश सुधार हुन थाल्यो भने बजारले पनि गति लिनेछ ।

Prabhu
Crest

पेट्रोलियम पदार्थको मूल्य क्रमश घटिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य घट्यो भने मूल्य बृद्धि पनि सँग सँगै घट्ने छ । जसले अर्थतन्त्रलाई केहि राहात पनि दिने निश्चित छ ।

निरासै निरासाको विचमा शेयर बजारले भने केहि राहात प्रदान गरेको छ । प्राविधिक विश्लेषकहरुले बजार बढ्ने आकलन गरेका थिए । यसले पनि बजार बढ्न केहि मद्दत पुर्याएको छ । बुधबार नेप्से सूचक २३.३९ अंकले बढेर १८४१.०१ अंकमा रोकिएको छ । कारोबार रकम ८५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

आज १८७ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा २५ कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ । सर्वाधिक धेरै शिवम् सिमेन्टको ५ करोड ४४ लाख रुपैयाँको खरिद बिक्री भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमै सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS