काठमाडौं । माइखोला हाइड्रोपावर लिमिटेडको संचालक अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त भएका छन् । कम्पनीको २०८० जेठ २ गते बसेको सञ्चालक समितिको निर्णयले गुरागाईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाई रहेका थिए । गुरागाईले पदबाट दिएको राजीनामा २०८० जेठ २ गते सञ्चालक समितिको बैठकले स्वीकृत गरेसँगै श्रीजेश गुरागाईलाई नियुक्त गरेको हो ।