Connect IPS
IME Life

बीमा कम्पनीहरुले परम्परागत बीमा पोलिसी परिमार्जन गर्नुपर्छः अध्यक्ष सूर्य प्रसाद सिलवाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले परम्परागत बीमा पोलिसी परिमार्जन गर्नुपर्ने बताएका छन् । बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमा कम्पनीहरुमा भइरहेको पुराना परम्परागत पोलिसीहरुलाई परिमार्जन गरी नयाँ ढङगबाट अगाडी बढनुपर्ने बताएका हुन् ।

उनले भने आम जनमानसको इच्छा तथा उनीहरुको चाहान र मागलाई मध्यनजर गर्दै बीमा पोलिसी बजार ल्याउनुपर्यो । पुराना व्यवस्थाहरुलाई आम सर्वसाधारणको चाहाना बमोजिम परिवर्तन गर्दै लगियो भने बीमा व्यवसाय नियोजित रुपमा अगाडी बढ्ने बताए । कम्पनीहरुले बीमाको क्षेत्रमा नयाँ पोलिसी ल्याएर अगाडी बढ्न सकेमा बीमा क्षेत्रले एउटा उचाई लिने समेत उनले बताए ।

Prabhu
Crest

प्राधिरणले पनि बीमा सचेतना कार्यक्रमहरु संचालन गर्दै आइहेको छ । पछिल्लो समय बीमा प्राधिकरणले २ सय भन्दा बढी स्थानीय निकायमा बीमा सम्बन्धी कार्यक्रम गरिसकेको छ । यसैगरी बीमा कम्पनीहरुले पनि बीमा सचेतना कार्यक्रमलाई अगाडी बढाउनुपर्ने उनले बताएका छन् । अब गाउँ गाउँमा गएर बीमाको बारेमा सबैलाई भनीराख्नु पर्ने अवस्था छैन् । उनले थपे अब आम सर्वसाधारणले बीमा त बुझे तर बीमा कम्पनीहरुले पनि त्यही अनुसारको बीमा नीति र आधुनिक पोलिसी ल्याएर बीमा बजारमा सक्रिए भए भने बीमा क्षेत्रले सफलता हासिल गर्छ ।

मानिसहरुले नयाँ कुरा खोजिरहेका हुन्छन् । सोही अनुरुप बीमा क्षेत्रले आज जनमानसलाई नयाँ कुरा दिन सक्नुपर्छ उनले भने । कम्पनीहरुले बीमा पोलिसीलाई परिमार्जन गरी नयाँ ढङबाट अगाडी बढनुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS