Connect IPS
IME Life

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले विभिन्न कार्यक्रम गरेर मनायो वार्षिकोत्सव,

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले प्राधिकरणको ५५ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाएको छ । प्रदेश कार्यालयले आज विहान बुटवलमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । प्राधिकरणले आज विहान बीमा प्राधिकरणको प्रदेश कार्यालयबाट सुरु गरेर योगीकुटी, चौराहा (कालिका फिल्महल), भित्रिबाटो हुँदै तीनकुनेबाट एशियन पार्टिप्यालेसमा टुङ्ग्याएको थियो ।

Prabhu
Crest

वार्षिकोत्सवकै अवसरमा बैशाख ३० गते रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा प्राधिकरणका कर्मचारी सहित विभिन्न बीमा कम्पनीमा कार्यरत कर्मचारीको सहभागिता थियो ।

प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले औपचारिक रुपमै बीमा तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बुटवल नगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दिपक नेपाल र च्याप्टरका अध्यक्ष किरण काफ्ले, नेपाल इन्स्योरेन्स सर्भेयर संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द लामिछाने लगायको उपस्थिति थियो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथीको रुपमा उपस्थित भएका नगर प्रमुख पाण्डेयले सुत्केरी बीमाको जोखिमको पनि बीमा गर्ने गरी पोलिसी बनाउन सुझाव दिएका छन् । उनले बटवल उपमहानगर पालिकामा बीमा कम्पनीबाट एक जना सहजकर्ता राख्न अनुरोध गरेका छन् । लुम्बिनी प्रदेशमा १०९ वटा पालिका रहेको भन्दै पाण्डेयले सम्पुर्ण पालिकाको उपस्थितिमा बीमा नीति बनाउन समेत सुझाव दिएका छन् ।

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका लुम्बिनी प्रदेशका अध्यक्ष नेपालले बीमाको दायरा फराकिलो पार्नु पर्ने बताएका छन् । उनले दाबी भुक्तानी कार्यलाई सहज बनाउन अनुरोध गर्नुका साथै सरकारी सम्पत्तीको समेत बीमा अनिवार्य गर्नु पर्ने धारणा राखेका छन् । बीमा प्राधिकरणले गर्ने राम्रा कामका लागि सधै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । त्यस्तै निप्स लिम्बिनी च्याप्टरका अध्यक्ष काफ्लेले बीमामा रहेका अस्वस्थ प्रिस्पर्धालाई हटाउन र मर्यादित बीमा क्षेत्र बनाउन जोड दिएका छन् । सर्भेयरको तर्फबाट लामिछानेले बीमा प्राधिकरणले प्रादेशिक कार्यालय स्थापना गरेर राम्रो गरेको भन्दै अनुगमन कार्यलाई जोड दिन सुझाव समेत दिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS