Connect IPS
IME Life

कनेक्ट आइपीएस ‘रिफर अ फ्रेन्ड’ मार्फत सजिलै भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । कनेक्ट आइपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्न सक्ने व्यवस्था ल्याएको छ । उक्त अफर अन्तर्गत २०८०, जेष्ठ १ गते देखि असार ३१ गतेसम्म रिफरले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफ्रेन्सले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफेरेरले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफेरेरल कोड दिनुपर्ने हुन्छ । रिफेररले भने कनेक्ट आइपएिसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफेल कोड दाखिला गरी एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात रिफेररले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफेरी ले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्नेछ । रिफेररले आफ्नो रिफेरल कोडसँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रिफेरीले उक्त लिंक क्लिक गरी कनेक्ट आइपीएस वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।

Prabhu
Crest

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत २,८५० अर्ब बराबरको ३ करोड ६० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS