IME Life

बीमा प्राधिकरण ५६ औं वर्षमा प्रवेश, विश्व बीमा बजारमा मर्जरको इतिहास रच्दै

SPIL
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण ५६ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२५ साल जेठ १ गते स्थापना भएको बीमा प्राधिकरणले आज सोमबारदेखि ५५ औं वर्ष पुरा गरेको हो ।

वार्षिकोत्सवको अवसरमा प्राधिकरणले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रमदेखि लिएर खेलकुद आयोजना गरिएको छ । आइतबार विहान सम्पन्न प्रभातफेरी कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको पहुँच देशव्यापी पुर्याउन सबैलाई आग्रह गरेका छन् ।

Crest
Meta Holidays

बीमा प्राधिकरणको इतिहास ५५ वर्ष हुँदा पनि यसले आफ्नो भुमिकालाई खासै बढाउन नसकेको उनको आरोप छ । बीमा प्राधिकरणको स्थापना हुँदा अर्थमन्त्रालय अन्तर्गतको एउटा विभागको रुपमा स्थापना भएको थियो । अर्थमन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आइरहेको प्राधिकरण बीमा ऐन २०४९ पश्चात स्वायत्त भयो । अर्थमन्त्रालय अन्तर्गत बीमालाई हेर्न गठन गरिएको समिति भएकाले यसको सुरुवातिदिनदेखि नै बीमा समिति रह्यो ।

तर बीमा ऐन २०७९ को कार्यान्वयन सँगै बीमा समितिको नाम रुपान्तरण भएर बीमा प्राधिकरण भयो । २०७९ कार्तिक २२ गतेदेखि लागु भएको बीमा ऐन २०७९ ले बीमा प्राधिकरण मात्रै बनाएन धेरै हदसम्म स्वायत्त र शक्तिशाली पनि बनायो ।

बीमा क्षेत्रलाई नियमन गर्नु भन्दा अगाडी नै नेपालमा बीमाको अवधारणा र अभ्यास सुरु भइसकेको थियो । सरकारले बीमा गर्नका लागि छुट्टै कम्पनी समेत स्थापना भइसकेको थियो । बीमा क्षेत्रको औपचारिक सुरुवात भने २००४ सालमा भएको हो । नेपाल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सोर्ट कम्पनी लिमिटेडको नामबाट पहिलोपटक निर्जीवन बीमा कम्पनीको कारोबार सुरु भएको थियो ।

वि.सं. २०१२ मा नेपालमा भारतको ओरिएन्टल इन्स्योरेन्सले नेपालमा शाखा स्थापना गरी इन्स्योरेन्स कम्पनीको औपचारिक कारोबार सुरु गरेको थियो । नेपाल बीमा प्राधिकरण  वि.सं. २०२४ सालमा तत्कालिन बीमा समितिको नामबाट स्थापना भएपछि २०२५ सालमा पहिलोपटक राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो । सो संस्थानले २०३० सालदेखि औपचारिक रुपमा जीवनबीमा पोलिसीको कारोबार गर्न थालेको थियो । २०३० सालमै भारतको नेशनल इन्स्योरेन्स कम्पनीले पनि निर्जीवन बीमा कम्पनीको रुपमा कारोबार सुरु गर्यो ।

२०४६ सालको जनआन्दोलन भन्दा अगाडि निजी क्षेत्रको पहिलो बीमा कम्पनीको रुपमा नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भयो । यो कम्पनी अहिले नेशनल लाइफको नामबाट कारोबार भइरहेको छ भने निर्जीवन बीमा कारोबारका लागि एनएलजी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको छ ।

वि.सं २०४७ सालमा प्रजातन्त्रको पुनरस्थापना भए पनि बीमा क्षेत्रले केहि गति लिएको पाइन्छ । त्यस यता बीमा क्षेत्र सरकारले लाइसेन्स बाड्ने अड्डा बनेको छ । सरकार परिवर्तन पिच्छे नयाँ नयाँ बीमा कम्पनी आउने क्रम अहिलेसम्म पनि कायमै छ ।

अहिले बीमा क्षेत्रमा १५ वटा जीवन बीमा कम्पनी र १५ वटा कम्पनी, २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघु बीमा कम्पनी छन् । ७ वटा लघु बीमा कम्पनीहरुले लाइसेन्स मात्रै पाएका छन् । उनिहरुले लघु बीमा व्यवसायको शुभारम्भ गरेका छैनन् ।

विगत एक वर्षको अवधिमा ८ वटा मर्जर सफल भइसकेको छ । जसबाट ९ वटा कम्पनी विलय भएका छन् । तर प्राधिकरणले ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स जारी गरेकाले संख्यात्मक रुपमा खासै ठुलो अन्तर देखिएको छैन ।

बीमा प्राधिकरणले लोकतन्त्रको स्थापना पछि पहिलो पटक २०७४ सालमा एकै पटक १० जीवन र तीन र्जीवन बीमा कम्पनीलाई लाइसेन्स दियो । त्यस सँगै बजारमा ४० वटा बीमा कम्पनी भए । थप एक पुनर्बीमा कम्पनीको लाइसेन्स दिए पछि बजारमा बीमा कम्पनीको संख्या ४१ पुग्यो ।

पछिल्लो समयको मर्जर नयाँ लघु बीमा कम्पनीको लाइन्सका कारण बजारमा ३९ वटा रहेका छन् । यसमा सात वटा लघु बीमा कम्पनीलाई पनि समावेश गरिएको छ । अझै केहि कम्पनी मर्जरको प्रकृयाँमा जाने तरखरमा छन् ।

बीमा कम्पनीहरुले विभिन्न किसिमका एक करोड १७ लाख वटा जीवन बीमा पोलिसी जारी गरेका छन् । जसमा म्यादी तथा लघु जीवन बीमा ६१ लाख ७८ हजार रहेको छ । म्यादी र लघु जीवन बीमा बाहेक कुल बीमालेख संख्या ४७ लाख ६० हजार रहेको छ । यसैका आधारमा बीमा पहुँच ४४ प्रतिशत रहेको प्राधिकरणको दाबी छ । जसमा एकै व्यक्तिले दुई भन्दा बढी पोलिसी लिएका संख्या पनि धेरै भएकाले पहुँचमा आकडा केहि कम हुन सक्छ ।

एक वर्षको अवधिमा मर्जर सम्पन्न भएका कम्पनी

१. २०७९ साउन एक गते : हिमालयन र एभरेष्ट मिलेर हिमालयन एभरेष्ट

२. २०७९ कार्तिक ७ गते : सानिमा र जिआइसी मिलेर सानिमा जिआईसी

३. २०७९ पुस ७ गते : सूर्या र ज्योति मिलेर सुर्यज्योति

४. २०७९ फागुन १७ गते : सिद्धार्थ र प्रिमियर मिलेर सिद्धार्थ प्रिमियर

५. २०७९ फागुन २९ गते : सगरमाथा र लुम्बिनी मिलेर सगरमाथा लुम्बिनी

६. २०७९ चैत ९ गते : सानिमा र रिलायन्स मिलेर सानिमा रिलायन्स

७. २०८० बैशाख २६ गते : गुराँस, प्राइम र यूनियन मिलेर हिमालयन लाइफ

८. २०८० बैशाख २७ गते : आईएमई जनरल र प्रुडेन्सियल मिलेर आइजीआई प्रुडेन्सियल

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x