काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपछि कम्पनीले संस्थापक शेयर विक्री गर्न लागेको हो ।
बैंकले संस्थापक शेयरधनी राम प्रकाश श्रेष्ठको १९ हजार ४०९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय टंगाँल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
बैंकले तोको उक्त समयमा पनि कुनै आवेदन प्राप्त नभएमा बैंकले उक्त शेयर अन्य व्यक्ति वा संस्थामा विक्री गर्ने समेत जनाएको छ ।