Connect IPS
IME Life

एमाले नेता टोप बहादुर रायमाझी पार्टीबाट निलम्बित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेकपा एमालेका पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पार्टीबाट निलम्बित भएका छन् । एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै रायमाझी निलम्बित भएको जानकारी दिएका हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोप लागेका रायमाझीलाई नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगै उनी फरार भएका थिए । उनको खोजी कार्य व्यापक भएतापनि हालसम्म पनि उनलाई पक्राउन गर्न सकिएको छैन । पार्टीबाटै उनलाई ढाकछोप गर्दै आएको आरोप लाग्दै गर्दा पार्टीले भने उनलाई निलम्बन गरेको हो ।

Prabhu
Crest

राज्यका वैधानिक संस्थाहरुले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाई प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने पार्टीको स्थापित मान्यता रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार कानुनी प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको हो ।

uml-prees-note

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS