Connect IPS
IME Life

ईङवा हाइड्रोपावरको आइपीओ नतिजा यी ४ तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओ नतिजा केहि समयपछि प्रकाशन हुनेछ । आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ। जस अनुसार शेयर निष्काशक कम्पनी ईङवा हाइड्रोको वेबसाइट https://www.ingwahydropowerltd.com.np, बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट https://www.nsmbl.com.np/, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.npबाट हेर्न सकिने छ ।

Prabhu
Crest

कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता शेयरको लागि आवेदन दिएको थियो । त्यसमध्ये ४ हजार २८ को आवेदन रद्ध भएका छन् । त्यस अनुसार कम्पनीको आइपीओमा ११ लाख ९९ हजार ९६७ को मात्रै योग्य आवेदन परेका हुन् ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । बाँकि भएको ९ कित्ता शेयर त्यसमध्येबाट पनि पुनः गोलप्रथाबाट थप एक एक कित्ताका दरले वितरण भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS