काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । यूनिटेक हाइड्रोपावरद्धारा सर्वसाधारणका लागि बिक्रि गरिने ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्रि प्रबन्धन गर्ने बारे क्यापिटल र कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
यूनिटेक हाइड्रोपावरले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर प्रति कित्ता १०० रुपैयाँ अंकित दरले बिक्रि गरिने कम्पनीले जनाएको छ ।
यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न गरिसकेको छ ।