Connect IPS
IME Life

सिद्धार्थ बैंकले ल्यायो सिद्धार्थ पे एण्ड सेभ खाता, यस्ता छन् सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै “सिद्धार्थ पे एण्ड सेभ खाता” सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत रु १०० भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ यो खाता सञ्चालनमा ल्याइएकोे हो । खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

बैंकका अनुसार खातामा सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको छ । यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पि।ओ।एस् वा अनलाईनबाट न्युनतम रु १,००० को कारोबार गर्दा कारोबार रकमको ५ प्रतिशत (अधिकतम रु १००) क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ। यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ ।

यस खाताले अभिभावक वर्गहरुलाई डिजिटल प्रणालीको प्रयोग गर्न उत्प्रेरित गर्नुका साथै स–सानो बचत गरी आफ्नो बालबालिकाहरुको लागि केही रकम बचत गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS