काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले बैशाख २२ गते २५६७ औं बुध्द जयन्तीको अवसरमा बुटबल शाखा कार्यालयबाट बुटबलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस बितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बामा गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न बितरण गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गर्दै आएको छ ।