काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले कम्पनीले उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
संस्थाले संस्थाका तीन जना संस्थापक शेयरधनीहरुको क्रमस ५ हजार, १ हजार ९ सय र २ हजार गरी कुल ८ हजार ९ सय कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयर खरिद गर्न ईच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय बुढानीलकण्ड, काठमाडौंमा आवश्यक कागजात संलग्न गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै निवेदन पेश नभएमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गरिने जनाएको छ ।