IME Life
GBIME

पाँचथरमा नेपाल बीमा प्राधिकरणको बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा यही वैशाख २० गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीम बहादुर योङ्याले गाउँपालिकाको आगामी बजेटमा बीमालाई समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङवोले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरी बीमाको महत्वका बारेमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिनुहुँदै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।

Crest

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका कार्यालय नहुँदा कृषिबीमा गर्न नपाएको, बीमा दाबी भुक्तानीमा समस्या रहेको, बीमा कम्पनीहरु गाउँमा नआएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य तथा कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि, अगुवा कृषकहरु लगायतको सहभागिता रहेको थियो ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS