काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले संस्थापक शेयरधनीको शेयर फुकुवा गरेको छ । कम्पनीले बुधवार एक सूचना जारी गरी संस्थापक शेयरधनीको शेयर फुकुवा गरेको बताएको छ ।
कम्पनीमा १० हजार र सोभन्दा बढी शेयर लगानी गर्ने सञ्चालक र निजका एकाघरका परिवारबाहेक अन्य सबै संस्थापक शेयरधनीको शेयर फुकुवा भएको हो ।
आफ्नो परिचय खुल्ने सरकारी कागजातसहित काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेण्ट एण्ड बैंकिङमा गई सक्कल प्रमाणपत्र बुझिलिन शेयरधनीहरूलाई कम्पनीले आग्रह गरेको छ ।