Connect IPS
IME Life

माई खोलाको आइपीओ बाँडफाँड, १ लाख २६ हजार ९४१ जनाले पाए शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज वैशाख १९ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ६३ हजार २ सय ६६ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६७ हजार २ सय ८५ जना मात्र शेयर पाउन योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार कुल १ लाख २६ हजार ९ सय ४१ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि १ लाख २६ हजार ९ सय ४० जनाले १० कित्ता शेयर पाएका छन् ।

Prabhu
Crest

कम्पनीले वैशाख ८ देखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता नागरिक लगानी कोष रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई ईक्राएनपी आईआर डबलबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुनिश्चतता रहको जनाउँदछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS