Connect IPS
IME Life

चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीको ब्यापार बाग्मतीबाट सर्वाधिक हुँदा कुन प्रदेशबाट कति भित्राए व्यवसाय ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले यस अवधिसम्ममा २१ लाख ६६ हजार ३२८ वटा बीमालेख विक्री गरी ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको सबैभन्दा धेरै बाग्मती प्रदेशबाट बीमा शुल्क संकलन भएको छ । यस अवधिसम्म्ममा बाग्मती प्रदेशबाट मात्रै १९ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

Prabhu
Crest

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार चैत महिनासम्ममा सबैभन्दा धेरै मोटर बीमामा आकर्षण देखिएको छ । चैत महिनासम्ममा मोटर बीमा मार्फत ९ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ भने सबैभन्दा कम लघु बीमामा देखिएको छ । यस अवधिसम्ममा लघुबीमा मार्फत ५ करोड ६७ लाख मात्रै बीमा शुल्क आर्जन भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको प्रदेशगत विवरण हेर्दाः
सम्पत्ति बीमा
बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिसम्ममा सम्पत्ति बीमा अन्तर्गत ३ लाख ७० हजार ४७४ वटा बीमा लेख विक्री गरी ६ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा कोशी प्रदेशबाट सम्पत्ति बीमा अन्तर्गत ९२ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । मधेश प्रदेशबाट ६२ करोड १० लाख रुपैयाँ, बाग्मति प्रदेशबाट ३ अर्ब ८५ करोड ७७ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ३१ करोड ९३ लाख, लुम्बिनी प्रदेशबाट ७० करोड ४८ लाख, कर्णाली प्रदेशबाट ६८ करोड ८ लाख, सुदुरश्चिम प्रदेशबाट १८ करोड ७२ लाख रुपैयाँ सम्पत्ति बीमालेख मार्फत आर्जन भएको बीमा शुल्क हो ।

सामुन्द्रीक बीमा
बीमा प्राधिकारणको तथ्याङक अनुसार यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुले सामुन्द्रिक बीमा अन्तर्गत १ लाख २ हजार ८२ वटा बीमालेख विक्री गरी कुल १ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन बीमालेख अन्तर्गत कोशी प्रदेशबाट १८ करोड ७७ लाख, मधेश प्रदेशबाट १२ करोड २८ लाख, बाग्मति प्रदेशबाट १ अर्ब १२ करोड ८५ लाख, गण्डकी प्रदेशबाट १ करोड २६ लाख, लुम्बिनी प्रदेशबाट ८ करोड ५४ लाख, कर्णाली प्रदेशबाट ६ लाख, सुदुरश्चिम प्रदेशबाट ६३ लाख रुपैयाँ बीमा शुलक आर्जन भएको छ ।

हवाई बीमा
चैत महिनासम्ममा बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यस महिनासम्ममा बीमा कम्पनीहरुले ९८ वटा हवाई बीमालेख विक्री गरी १ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन बीमालेख अन्तर्गत कोशी प्रदेशबाट शुन्य, मधेश प्रदेशबाट ८८ हजार, बाग्मत्रि प्रदेशबाट १ अर्ब ५० करोड ४५ लाख, गण्डकी प्रदेशबाट १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बाँकी प्रदेशबाट यस बीमालेख शुन्य देखिएको छ ।

मोटर बीमा
बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार आर्थिक वर्ष २०७९ ८० को चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ८३ हजार ७१ वटा मोटर बीमालेख विक्री गरी मोटर बीमा मार्फत कुल ९ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस बीमालेख अन्तर्गत कोशी प्रदेशबाट ९७ करोड ३० लाख, मधेश प्रदेशबाट ७७ करोड ३५ लाख, बाग्मती प्रदेशबाट५ अर्ब ४२ करोड ४३ लाख, गण्डकी प्रदेशबाट ८८ करोड ६२ लाख, लुम्बिनी प्रदेशबाट १ अर्ब ३१ करोड २८ लाख, कर्णाली प्रदेशबाट १२ करोड ८९ लाख र सुदुरपश्चिम प्रदेशबाट ३८ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

इन्जिनियरिङ तथा ठेकेदार बीमा
आर्थिक वर्षको यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २२ हजार ५७९ वटा इन्जिनियरिङ तथा ठेकेदार बीमालेख विक्री गरी ५ अर्ब २६ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस बीमालेख अन्तर्गत कम्पनीहरुले कोशी प्रदेशबाट २१ करोड ७५ लाख, मधेश प्रदेशबाट १२ करोड ४१ लाख, बाग्मती प्रदेशबाट४ अर्ब ४३ करोड २८ लाख, गण्डकी प्रदेशबाट ११ करोड ४२ लाख, लुम्बिनी प्रदेशबाट २२ करोड ५८ लाख, कर्णाली प्रदेशबाट ३ करोड २४ लाख र सुदुरपश्चिम प्रदेशबाट ११ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

कृषि तथा बाली बीमालेख
यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा बाली बीमा अन्तर्गत १३ लाख ५० हजार ४३ वटा बीमालेख विक्री गरी कुल १ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जस अन्र्तत कोशी प्रदेशबाट २२ करोड २० लाख, मधेश प्रदेशबाट १६ करोड ७४ लाख, बाग्मती प्रदेशबाट ६६ करोड ८२ लाख, गण्डकी प्रदेशबाट २३ करोड १५ लाख, लुम्बिनी प्रदेशबाट २७ करोड ४ लाख, कर्णाली प्रदेशबाट १९ करोड ७९ लाख र सुदुरपश्चिम प्रदेशबाट ५ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।

लघु बीमा
यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुले यस बीमा मार्फत ३० हजार २६४ वटा बीमालेख विक्री गरी कुल ५ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस अन्तर्गत कोशी प्रदेशबाट ९६ लाख, मधेश प्रदेशबाट ८ लाख, बाग्मती प्रदेशबाट १ करोड ७२ लाख, गण्डकी प्रदेशबाट १ करोड ६१ लाख, लुम्बिनी प्रदेशबाट ७६ लाख, कर्णाली प्रदेशबाट १७ लाख र सुदुरपश्चिम प्रदेशबाट ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको प्राधिकरणको तथ्याङकमा देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS