Connect IPS
IME Life

प्राइम, गुराँस र युनियनले ल्याए स्वेच्छिक अवकास योजना, अधिकतम २८ महिनासम्मको तलब पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जरको अन्तिम तयारीमा रहेका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुको सम्मानजक विदाइका लागि भिआरएस सुविधा ल्याएका छन् ।

मर्जर पछि तीन कम्पनीका कर्मचारी एक हुँदा व्यवस्थापन गर्न गाह्रो पर्ने देखिए पछि मर्जर कमिटीले उच्च पदस्थ कर्मचारीदेखि लिएर सहायक स्तरका कर्मचारीसम्मका लागि स्वेच्छिक अवकास योजना ल्याएका हुन् ।

Prabhu
Crest

उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुहरुले स्वच्छिक अवकास हुन चाहेमा न्युनतम ६ महिनाको तलब सुविधा पाउने छन् । यसका अतिरिक्त एक वर्षदेखि तीन वर्षसम्म काम गरेका कर्मचारीहरुका हकमा थप २ महिनाको तलब प्राप्त गर्ने छन् । त्यस्तै तीन वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ६ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १० महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले थप १२ महिनाको तलब बुझ्ने छन् । यस्तो तलब पछिल्लो समय उनिहरुले बुझ्दै आएको तलब रकम अनुसार पाउने छन् ।

अधिकृत स्तरका कर्मचारीले न्युनतम ७ महिनाको तलब सुविधा पाउने छन् । यस अन्तर्गत एमदेखि चिफ म्यानेजरसम्म पर्नेछन् । एकदेखि तीन वर्ष काम गरेका यस्ता कर्मचारीले थप तीन महिना, तीन वर्षदेखि ५ वर्ष काम गरेकाले थप ७ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले ११ महिना र १० वर्ष भन्द बढि अवधि काम गरेकाले थप १३ महिनाको तलब प्राप्त गर्ने छन् ।

अफिसर तहका कर्मचारीहरुको हकमा न्युनतम ८ महिनाको तलब सुविधा प्रदान गरिने कम्पनीले जनाएका छन् । अफिसर तहका कर्मचारीले यदि एक वर्षदेखि ३ वर्षसम्म काम गरेका छन् भने अतिरिक्त ४ महिना, ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ८ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १२ महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले अतिरिक्त १४ महिनाको तलब पाउने छन् ।

एसिस्टेन्ट तहका कर्मचारीहरुक हकमा भिआरएस सुविधा लिन चाहनले न्युनतम १० महिनाको तलब सुविधा प्राप्त गर्ने छन् । सहायक स्तरका कर्मचारीहरुले यदि एक वर्षदेखि ३ वर्षसम्म काम गरेका छन् भने अतिरिक्त ५ महिना, ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ९ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १३ महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले अतिरिक्त १५ महिनाको तलब पाउने छन् ।

अन्य पदको हकमा न्युनतम १२ महिनाको तलब सुविधा प्रदान गरिनेछ । अन्द पदका कर्मचारीले यदि एक वर्षदेखि ३ वर्षसम्म काम गरेका छन् भने अतिरिक्त ६ महिना, ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त १० महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १४ महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले अतिरिक्त १६ महिनाको तलब पाउने छन् ।

एक वर्ष भन्दा लामो अवधि काम गरेका सम्पुर्ण स्थायी कर्मचारीहरु स्वेच्छिक अवकास योजनामा समावेश हुन पाउने छन् । कम्पनीले भिआरएस मार्फत ठुलो संख्यामा कर्मचारी कटौती गर्ने योजना सहित आकर्षिक स्वेच्छिक अवकास योजना सार्वजनिक गरेको हो । कम्पनीले यहि बैशाख भित्र एकिकृत कारोबार सञ्चालन गर्ने योजना बनाएको छ । मर्जर पछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ । बराबरी हैसियतमा मर्जर हुन थालेका यि तीन कम्पनीले बीमा क्षेत्रमा नयाँ इतिहास बनाउने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%

खुसी

5%

दु :खी

16%

अचम्मित

47%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS