Connect IPS
IME Life

मोबाइल वालेट कम्पनी डीजी पे र बिनव क्रीएसनबीच सहकार्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र बिनव क्रीएसन् बीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पेको व्यवसायीक आवद्ध योजना अनुरुप डीजी पे सँग आवद्ध हुने व्यवसायीले टिक टक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्तोसामाजिक संजालका लागी सुपथ मूल्यमा भीडियो बनाउन पाउने भएका छन्। साथै अन्य ब्यापारिक विज्ञापन बनाउदा पनि विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। नेपालको एक राम्रो अडियो भिडिओ प्रोडकसन्कम्पनीसँग सहकार्य गरि फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए ।

Prabhu
Crest

“ आज भोलि व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडिओ बनाएर सामाजिक संजालमा पोस्ट गरि जानकारी दिने र मुनाफा गर्ने चलन बडेको छ । येस्तो स्थितिमा बिनव क्रीएसन जस्तोकम्पनीसंग मिलेर डीजी पे संग आबद्दित व्यवसायीहरुको लागी उत्कृस्ट भिडिओ सस्तो र सुलभ दाममा, निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,” पाण्डेले भने, “डिजी पेमा आवद्ध हँुदा पाउने प्याकेज सुविधा साथै अन्य सेवाहरुमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं।”

बिनव क्रीएसनका महा प्रबन्धक समीर जोशीले डीजी पेसँग नौलोसहकार्य गर्न पाउँदा खुशी लागेको बताए । सामाजिक संजालमा विज्ञापन सस्तो हुने भएकाले साना व्यवसायीले अरु विज्ञापनको तुलनामा सहजै गर्न सक्नेछन । यस योजना अन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब उत्कृस्ट भिडिओबिज्ञापन मार्फत जनमानसमा पु¥याएर लाभ लिन सक्ने बताए ।

डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS