काठमाडौं । दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएका छन् । गोर्खाज फाइनान्स लिमिटेडले १३ हजार ५६५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता संस्थापक शेयर विक्री गर्नका लागि आवेदन माग गरेका छन् ।
यी दुई कम्पनीले ३५ दिने सूचना जारी गर्दै यस्तो जनाउका छन् । दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लागि केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । त्यस्तै गोर्खाज फाइनान्सको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दुवै कम्पनीको शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जनाएको छ ।