काठमाडौं । बैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन सम्पन्न भयो । यससँगै तिन क्षेत्र मध्ये तनहुँ १ मा मात्रै मतगणना कार्य समयमै सुरु भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले अग्र स्थानमा रहेका छन् । सोमबार विहान ११ः४५ सम्मको मत हेर्दा नेपाली काँग्रेसका उम्मेदवार गोबिन्द भट्टराईभन्दा वाग्ले दोब्बर मतले अघि रहेका छन् ।
करिब २० हजार मतगणना हुँदा वाग्लेले ११ हजार ४२० मतसहित अग्र स्थानमा छन् । यसैगरी नेपाली काँग्रेसका गोबिन्द भट्टराई ६ हजार ४३५ मतका साथ वाग्लेलाई पछ्याइरहेका छन् । यसरी करिब दोब्बर मतका साथ वाग्ले अग्र स्थानमा रहेका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले भने ३८ मत प्राप्त गरेकी छिन् ।
तनहुँ १ गठबन्धनको गढ भएतापनि मतपरिणाम हेर्दा वाग्ले अघि छन् ।