काठमाडौं । एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको बैशाख ८ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समुहको तर्फबाट श्रेलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका यस अघिका संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक अरुणमान शेरचनले राजीनामा दिएपछि उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । शेरचनले दिएको राजीनामा बैंकको बैशाख ८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।