GBIME
IME Life

मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, मर्जरको विशेष प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैशाख १० गते काभ्रेपलान्चोकको धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएकोे हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव पुष्कर राज जोशीले संचालन गरेको एवं संचालक समिति सदस्य सन्तोष फुयलले स्वागत मन्तव्यबाट स्वागत गरिएको सभाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. र नेरुडे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विशेष प्रस्तावहरुलाई पारित गरेको छ ।

एक आपसमा गाभिए पश्चात बन्ने एकिकृत संस्थाको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड हुने, तथा संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला वनेपा नगरपालिका वडा नं. १३ मा रहने, कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका वाहेक काठमाडांै उपत्यका भित्र रहने गरी प्रस्ताव पारित गरेको छ ।

SKYWELL
Crest

दुबै संस्थाको शेयर स्वाप अनुपात १:१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बन्धि संझौताहरुको अनुमोदन गर्ने, चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमागाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्य प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी प्रदान गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS