Connect IPS
IME Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत वर्षको बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित गरेको २ दशमलव ४० प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गरी सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

चैत २८ गतेदेखि बोनस शेयर वितरण गरेको कम्पनीले जनाएको छ । पुस १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई बोनस शेयर जम्मा गरिएको छ । सो मितिपश्चात् कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ।

Prabhu
Crest

कम्पनीले यस वर्ष बोनश सँगै कर समेत ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गरेको हो । । नगद लाभांश भने कम्पनीले यसअघिनै वितरण गरिसकेको छ । वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेको कम्पनीले पुस १८ गतेसम्म कायम शेयरधनीहरूलाई मात्र लाभांश वितरण गरेको हो ।

कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS