काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको चैत २८ गते बसेको संचालक समितिको बैंकको निर्णयले बैशाख १ गतेबाट लागु हुनेगरी आरबीबी मर्चेन्ट बैंकिङ टेकु काठमाडौंलाई संस्थाको शेयर रष्ट्रिारमा नियुक्त गरेको हो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।