Connect IPS
IME Life

प्रभु क्यापिटलको एसजिएम सम्पन्न, सेञ्चुरीलाई प्राप्ती र आइपीओ निष्काशनको प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई प्राप्ती गर्ने विशेष प्रस्ताव सहित आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै यी बैंकको सहायक कम्पनीको रुपमा रहेका दुई क्यापिटल पनि मर्ज हुन लागेका हुन् ।

दुवै क्यापिटलले हिजो मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् । प्रभु क्यापिटलको साधारणसभा रोयम संगी होटेलमा सम्पन्न भएको छ भने सेञ्चुरी क्यापिटलको साधारण सभा आफ्नै कार्यालयमा सम्पन्न भएको हो ।

Prabhu
Crest

क्यापिटलको विशेष साधारण सभाले मर्जर तथा प्राप्ति सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जर तथा प्राप्तिको लागि हालसम्म भएका निर्णय अनुमोदन गरेका छ । डिडिए रेपोर्टको आधारमा तय गरिएको १ः१ को स्वाप अनुमोदन गरेको छ । मर्जरको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित समेत पारित गरेको छ ।

प्रभु क्यापिटलले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भएमा सो को लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव पारित गरेको जनाएको छ । प्रभु क्यापिटलले प्राथमिक शेयर निष्काशन गर्नेसम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS