काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओको नतिजा भने केही समयपछि मात्रै हेर्न सकिनेछ । कम्पनीको आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।
जसअनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।
क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।माग भन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरेको जनाएको छ ।