IME Life
GBIME

दोल्ती पावरको आइपीओ बाँडफाँड, भाग्यमानी १ लाख २७ हजार १८६ जनाले पाए शेयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।माग भन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर आइपीओ बाँडफाँड गरेको जनाएको छ ।

Crest

गोलाप्रथा मार्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यीमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणको लागि १२ लाख ७१ हजार ८ सय ८१ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS