काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन गर्न माघ २५ गते पूर्व स्वीकृतिको लागि आयोगमा आवेदन दिएको थियो । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।