Connect IPS
IME Life

एनएमबि बैंकद्वारा टिसीएक्स र एमएफएक्स करेन्सी रिक्स सलुसनसगँको सहकार्यमा हेजिङ्ग कारोबार सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागी डेभलपमेन्ट फाईनान्स ईन्सटिट्यूसन हरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ, नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समय देखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ । विदेशी यस्ता दात्री निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतार चडाबलाई नियन्त्रण गर्नका लागी नेपालका बैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूर्ण रहेको हुन्छ ।

एनएमबि बैंक लि. ले The Currency Exchange Fund (TCX), Amsterdam र MFX Currency Risk Solutions, Washington सगँको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापुर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोवार सम्पन्न भएको छ । नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टिसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भुमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापुर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा टिसीएक्स र एमएफएक्स प्रति एनएमबि बैंकले धन्यवाद ज्ञापन गरेको छ ।

Prabhu
Crest

हेजिङ्ग कारोवारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिबद्घता दर्शाएको छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देश भरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोवार गर्नका लागी मार्ग प्रसस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोवार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबि बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

टिसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरूमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरू प्रस्ताव गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो । सन् २००९ मा MFX Currency Risk Solutions  धितोको बोझ हटाउँदै लगभग सबै उदीयमान बजारहरूमा माइक्रोफाइनान्स ऋणदाताहरूलाई पहुँचयोग्य हेजिङ्ग उपकरणहरू प्रदान गर्ने उदेश्य लिइ स्थापना भएको संस्था हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS